दफा ४२
सरोकारवाला ब्यक्तिलाई पक्ष कायम गर्ने
(१) यस संहिता बमोजिम नेपाल सरकार वादी भई दायर भएको कुनै मुद्दा कारबाही हुँदा अनुसूची–१ वा अनुसूची–२ भित्र नपर्ने देखिएको तर कानून बमोजिम अन्य कुनै मुद्दा चल्न सक्ने देखिएमा अदालतले सोही आदेश गरी सरोकारवाला ब्यक्तिलाई त्यसको सूचना दिनु पर्नेछ ।
(२) सरोकारवालाले उपदफा (१) बमोजिम सूचना पाएको मितिले दुई महिनाभित्र त्यस मुद्दा सकार गरेमा निजलाई वादी पक्ष कायम गरी सोही मुद्दाको मिसिलबाट कानून बमोजिम कारबाही र किनारा गर्नु पर्नेछ ।